मुसीकोटमा र त्रिवेणीमा नमूना मतदान सम्पन्न

मुसीकोटमा र त्रिवेणीमा नमूना मतदान सम्पन्न

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिमका दुई वटा पालिकामा नमूना मतदान सम्पन्न गरिएको छ ।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन मुसीकोट नगरपालिकाको वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय र त्रिवेणी गाउँपालिकाकोे वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माविमा नमुना मतदान भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले सकेसम्म खसेको सबै मत बदर हुन नदिन नमूना मतदानको महत्व हुने भएकाले यस्तो कार्यको महत्व हुने जनाएको छ। चुनाव सुरक्षित, भयरहित, शान्तिपूर्ण र स्वतन्त्र रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने उदेश्यले नमूना मतदानको अभ्यास गराइएको निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी लिनुभयो ।

नमुना मतदानमा विद्यार्थी, कर्मचारी, पत्रकार, सर्वसाधारण र सुरक्षाकर्मीहरुको सहभागि रहेको जनाइएको छ ।

बिहिबार जिल्लाको बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकामा नमूना मतदान सम्पन्न गरिएको छ ।

निर्वाचन अधिकारी मल्लका अनुसार सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा भोलि नमूना मतदानको कार्यक्रम रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार