मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम रुकुम पूर्व र पश्चिममा सम्पन्न भएको छ ।
आइतबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमको मुसिकोटमा आयोजनामा निर्वाचनमा सन्चार माध्यमको भुमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित तरिकाले सम्पन्न गर्न सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निर्वाचनमा मिडियाले सबै पक्षको निगरानी गर्ने, आफू र अरूलाई आचारसंहिता पालना गर्न, गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सन्चारकर्मीले नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने समेत उल्लेख गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत खडग बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको मिडिया अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुरक्षा निकायका प्रमुख लगायत जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन पत्रकार महासंघ रुकुम पश्चिमका सचिव हिरा परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ल निर्वाचन अधिकारी कुमारी रिमा मल्लले राख्नुभएको थियो ।
यस्तै जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिलेसम्म निर्वाचन आयोगले गरेको तयारी, निर्वाचनको बेलामा पत्रकार र सञ्चार माध्यामको भूमिका, निर्वाचन आचारसंहिताको पलना, आचारसंहिता पालना नगरे हुने कानुनी प्रक्रियालगाएतको बारेमा जानकारी गराइएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली र पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा उदघाटन भएको मिडिया अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेको प्रमुख उपस्थिती रहेको थियो ।
निर्वाचनमा सञ्चार माध्यम र पत्रकारले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।