सगाल नाच

सगाल नाच

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा अवस्थित डिग्रे शाईकुमारीको मन्दिर परिषरमा लाग्ने मेलामा लठ्ठी (सगाल नाच) प्रदर्शन गर्दै स्थानीय । हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष पूजासहित आयोजना हुने यो मेलामा स्थानीय साँखवासीहरुले लठ्ठीसहित प्रदर्शन गर्ने परम्परा रहेको छ ।

गाउँबाटै बाजागाजा सहित हातमा लठ्ठी बोकेर नाच्दै डिग्रे मेला पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतिको दर्शन गर्दै उनिहरु मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै नाच्ने गर्दछन् । ३ पटक तलमाथि गर्दै नाचेपछि यो नाच र मेला समापन भएको मानिन्छ ।

तस्बिर सौजन्य : महेश केसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार