रुकुम पश्चिममा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

रुकुम पश्चिममा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आइबारदेखि निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि रुकुम पश्चिममा मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रतिबन्ध लगाएको हो ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सूचना प्रकाशन गरेर मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । मदिरा सेवन तथा बिक्री वितरणका कारण होहल्ला बढी हुने र झगडा पर्ने भएकाले रोक लगाउनु परेको उहाँले बताउनुभयो ।

आइतबार देखि कसैले बिक्री वितरण गरेको पाइएमा तथा सेवन गरेर होहल्ला गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार