मुसिकोटमा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा

मुसिकोटमा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । आज ब्राहटाकुरामा आयोजना गरिएको चुनावी सभामा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार तथा बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुको उपस्थिति रहेको थियो ।

चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभाका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको विकास भौतिक रुपमा र साँस्कृतिक पाटोबाट हेरिएको उल्लेख गर्नुभएको ।

जिल्लामा आर्थिक उत्पादन, रोजगारी र समृद्धिको अभियानका साथै सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिएकोले गुणात्मक विकास अबको प्राथमिकता रहेको उहाँले बताउनुभयो । संविधानको रक्षा, संघीयताको कार्यान्वयन र गणतन्त्रको रक्षाको लागि वाम गठबन्धन भएकोले गठबन्धनमा आवद्ध सबै दलहरुले गठबन्धनको मर्मलाई आत्मसाथ गर्न जरुरी रहेको शर्माको भनाई छ ।

चुनावी सभालाई जनता समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष प्रेम बोहरा, नेकपा समाजवादीका केन्द्रिय सदस्य देवी ओली, समाजवादीका समानुपातिक तर्फका उम्मेदवार माधव गौतम, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार प्रेमकुमारी सुनार, प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार महेन्द्र केसी, २ का उम्मेदवार राजकुमार शर्मा, नेपाली काँग्रेस सल्यानकाक नेता धुव पुरी, नेकपा माओवादी केन्द्रका नेता बसन्त कुमार शर्मा, नेपाली काँग्रेसका नेता कृष्णबहादुर रोकाया र नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाहले सम्बोधन गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार