चौरजहारी नगरपालिकामा विद्युतीय हाजिरी

चौरजहारी नगरपालिकामा विद्युतीय हाजिरी

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगपालिकामा विहिबारबाट नवीनतम सफ्टवेयरसहितको विद्युतीय हाजिरी शुरु भएको छ । कर्मचारी उपस्थिति, बिदा र काजसम्बन्धी अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित गर्न विद्युतीय हाजिरी सुरु गरिएको हो ।

विद्युतीय हाजिरी शुरु भएसँगै कार्यालय समयमा हुने अनियमितता रोक्ने विश्वास लिइएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनु भयो।

दैनिक हाजिरी रजिस्टरमा हाजिर गर्दा कर्मचारी कार्यालयमा आउने तथा बाहिर जाने समय थाहा नहुने भएकाले विद्युतीय माध्यमबाट हाजिर गर्दा एकिन समय थाहाहुने भएकोले विद्युतीय हाजिरी जडान गरिएको जनाइएको छ ।

कर्मचारीले एक वर्षमा पाउने बिदा भन्दा बढी बिदा स्वीकृत नहुने व्यवस्था सफ्टवेयर मार्फत् मिलाइएको छ । बिदा स्वीकृत नगराएमा स्वत अनुपस्थित भएको अभिलेख रेकर्ड भइ गयलकट्टी हुने जनाइएको छ । यस्तै नगर कार्यपालिकाको कार्यालयपछि सबै कार्यालयहरू, स्वास्थ्य संस्था, माध्यमिक र आधारभूत विद्यालयहरूमा इ-हाजिरी जडानको काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो।

सफ्टवेयर मार्फत् कार्यालय प्रमुखले कर्मचारी हाजिर भएको समय, गएको समय र कर्मचारीले कार्यालयमा बसेर काम गरेको जम्मा समय, बिदा, काज लगायतका विवरणहरू दैनिक, मासिक र वार्षिक रुपमा हेर्न सकिन्छ ।

प्रविधिको उपयोगले कार्यालयको कामकाजमा समय दिन, हाजिरी लगाएर बहानाबाजी गर्दै भाग्ने प्रवृत्तिको अन्त्य गर्न र बिना जानकारी अनुपस्थित हुने प्रवृत्तिको अन्त्य हुने कार्यालयको विश्वास छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार