अब त अति भएन र केपी सरकार ?

अब त अति भएन र केपी सरकार ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा बिरुद्ध अहिले पार्टी भित्र र बाहिर चौतर्फिक रुपमा सबैले आलोचना गरिहेको बेला सत्तारुढ दलकै भातृसंगठन अनेरास्ववियू को केन्द्रीय सदस्य तथा नेकपा रुकुमका जिल्ला सदस्य सुन्दर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेका गतिविधिका बिषयमा आफनो फेसबुकमा यसरी आक्रोश पोख्नुभएको छ । हेर्नुहोस जस्ताको त्यस्तै ।

काण्डै काण्डको पार्टी र सरकार भनेर सबैको जनजिब्रोमा झुन्डिसक्यो अध्यादेश त एउटा सहायक कुरा न हो यो यो पार्टी हजारौंको त्याग तपस्या र बलिदानबाट बनेको महान बिचार द्वारा निर्देशित करोडौ नेपाली जन्तालाई आत्मा निर्भर सहितको समृद्ध नेपाल बनाउने भीष्म प्रतिज्ञा गरेर सुनौलो सपना देखाउदै लाखौं जन्तालाई संगठित गर्दै सामाजबाद हुदै साम्यवादको लक्ष्यमा पुग्ने बिचार धार बोकेर हिडेको जेट विमान हो ।

आफनो स्वार्थ सिद्ध गर्ने अमुख झुन्डावाला, डण्डावाला र हुकुमवालाको मात्रै पार्टी बनाउन खोज्नु मुर्खता हो र यो कदापि सुईकार्य हुन सक्दैन । अहिलेसम्म हामिले जती उपलब्धि हासिल गरेका छौ यो नेपाली जन्ताको सम्पति हो ।

हामिले खोजेको ब्यवस्था र संविधानले परिकल्पना गरेको भन्दा निकै फरक तिम्रा ती उरन्ठयौले सल्लाहकार र तिम्रो यथास्थितिवादी सोचका कारण अहिले फेरि हामी बिघठनको स्थितिमा छौ । तिमिले देखाईरहेको हर्कतबाट पार्टीले गंभिर समिक्षा सहित नयाँ कार्य दिशा तय गरोस ।

शाररिक र मानसिक दुबै कारणले प्रधानमन्त्री केपी ओली असक्ष्याम भैसकेको अवस्था छ पार्टीले फिर्ता बोलाओस । आफनो अडान भिजन र गरिमाको ख्यालै नगर्ने रास्ट्रपति बिध्यादेबि भण्डारीलाई सासंदले महाअभियोग लगाएर ब्रखास्त गरोस र यो दुईतिहाई प्राप्त कम्युनिस्ट पार्टीको सरकार हो भन्ने कुरा जन्तालाई अनुभुती गराओस धन्यवाद ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार