रुकुम पश्चिमबाट निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान

रुकुम पश्चिमबाट निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान

मुसिकोट । रुकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नव निर्वाचित उम्मेदवारहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्राङगनमा एक समारोह आयोजना गरेर जिल्लाबाट निर्वाचित हुनु भएका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलाई प्रमाण–पत्र प्रदान गरिएको हो ।

प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, प्रदेशसभा (१) मा निर्वाचित मेहन्द्र केसी र प्रदेश सभा (२) मा निर्वाचित राजकुमार शर्मालाई प्रमाण–पत्र प्रदान गरिएको हो । प्रदेशसभा सदस्य केसी र शर्मा पनि माओवादी केन्द्रका हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले प्रमाण–पत्र प्रदान गर्नुभएको हो ।

प्रतिनिधिसभामा जनार्दन शर्माले ३९ हजार ५ सय ४९, प्रदेश सभा (१) मा महेन्द्र केसीले १९ हजार ३३ र प्रदेश सभा (२)मा राजकुमार शर्माले २० हजार १ सय ६० मत ल्याएर विजयी हुनुभएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार