सिम्रुतुमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

सिम्रुतुमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ । आज भएको नि:शुल्क आँखा जाँच शिबिरबाट २ सय २३ जनाले सेवा लिएका छन् ।

नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा, त्रिबेणी गाउँपालिकाको आयोजना र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा शिबिर सञ्चालन गरिएको हो ।

आँखा जाच गराए मध्य २८ जनालाई मोतियाविन्दुको समस्या देखिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४१ जनालाई निशुल्क चस्मा पनि वितरण गरिएको छ ।
यस्तै प्रमुख केसीका अनुसार आइतबार त्रिवेणी गाउँपालिकाको वडा नम्वर १० पेउघामा शिबिर सञ्चालन गरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार