स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार