रुकुम पूर्वमा विद्युत विस्तारको माग गर्दै सांसद केसी विद्युत प्राधिकरणमा

रुकुम पूर्वमा विद्युत विस्तारको माग गर्दै सांसद केसी विद्युत प्राधिकरणमा

रुकुमकोट । रुकुम पूर्व प्रदेश सभा २ बाट निर्वाचित सांसद धनबहादुर केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सँग भेट गर्नुभएको छ । आज जिल्लाको विद्युतिकरणको समस्या लिएर सांसद केसी नेपाल विद्युत प्राधिकरणको कार्यालय पुग्नुभयो ।

सांसद केसीले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ मा विद्युतिकरणको लागि माग गर्नुभएको छ । अहिलेसम्म सडक, बिद्युत लगायतका अत्यावश्यक सेवाबाट बञ्चित रहेको विकट वडा नम्बर १ मा केन्द्रीय प्रसारण लाइनको विद्युत पुर्याउन केसीले घिसिङ समक्ष माग गर्नुभएको थियो ।

त्यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ लगायत जिल्लाभरमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि सांसद केसीले नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । जवाफमा कार्यकारी निर्देशक घिसिङले विद्युतिकरण हुन नसकेका विकट वस्तीहरु प्राधिकरणको प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

सोही अनुसार सिस्ने गाउँपालिका वडा नम्बर १ मा विद्युतिकरणका लागि ठेक्का सुरु भएको जानकारी गराउँदै जिल्लाका सबै वस्तीमा विद्युतिकरणका लागि नेपाल विद्यतु प्राधिकरणले क्रमागत रुममा काम गरिरहेको र त्यसलाई थप तिव्रता दिन आफुले सम्बन्धीत ठाउँमा निर्देशन गर्ने पनि घिसिङले बताउनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार