कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ।

शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको नेता रामचन्द्र पौडेलले बताए।

उनका अनुसार समानुपातिकतर्फ सांसद बन्ने तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन भएका छन्।

‘कार्यसम्पादन समितिमा टुंगो लाग्न नसकेपछि पदाधिकारी बैठकले टुंगो लगायो। पुरुष तीन जनामा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशरण महत चयन भए,’ उनले भने।

देउवालाई गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले पनि समानुपातिक सांसद बनाउन दबाब दिएका थिए। उनले निधि र महतलाई छनौट गर्दा मन्सुर र चौधरी छुटेका छन्।

नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो। संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी प्रावधान छ। प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने भएको हो।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन्।

यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन्। यता, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।

मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार