मुसिकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

मुसिकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात् (मङ्सिर ९ गतेदेखि २५ गतेसम्म) मनाइएको लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत नगरपालिकाका १४ वटै वडाहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

मुसिकोट नगरपालिका, ओरेक नेपाल , महिला मानव अधिकार रक्षक सन्जाल र हरप्लेसको संयुक्त आयोजनामा आज मुसिकोट नगरपालिका वडा नम्बर १३ को महेन्द्र मावि चौतारामा विभिन्न कार्यक्रम गरेर अभियान समापन गरिएको छ । वडा नम्बर १३ का वडा अध्यक्ष खलबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष गोर्वधन ओली, कार्यपालिका सदस्य दल बहादुर परियार, वडा सदस्य गोपाल केसी, मुसिकोट नगरपालिकाका कानुन अधिकृत ललित बहादुुर बुुढा, महिला विकास निरिक्षक भावना शाह, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, महेन्द्र माविका सहायक प्राचार्य सुधिर केसी, महिला अधिकारकर्मीहरू लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन ओरेकका जिल्ला संयोजक दिपा धितालले गर्नुभएको थियो ।

यस्तै आजै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा वक्तीत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगिताबाट प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

अभियान अन्तर्गत नगरपालिकाले महिला बालबालिकाविरुद्ध हुने घरेलु हिंसा, जबरजस्त करणी, बालविवाह, बहुविवाहलगायत हिंसा न्यूनीकरणका उपाय तथा कानुनी प्रावधान सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको जनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार