विपन्न परिवारलाई न्यानो कपडा र डसना वितरण

विपन्न परिवारलाई न्यानो कपडा र डसना वितरण

मुसिकोट । रूकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ का दलित र विपन्न परिवारलाई न्यानो कपडा तथा डसना वितरण गरिएको छ ।

सोमबार रोट्रयाक्ट क्लब अफ थेम्स इन्टरनेसनल कलेज काडमाडौंको सहयोग र वडा कार्यालयको समन्वयमा न्यानो कपडा तथा डसना वितरण गरिएको वडाध्यक्ष भानु मल्लले जानकारी दिनुभयो ।

न्यानो परियोजना अन्तर्गत मुसीकोट वडा नम्बर ६ भण्डारीकाँडाका ७५ दलित तथा विपन्न घरपरिवारलाई डसना र ४५० सय जना ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबमा अध्यक्ष डेलीसा खड्गीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार