बाँफिकोटमा कृषि मेला प्रदर्शनी

बाँफिकोटमा कृषि मेला प्रदर्शनी

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोटमा कृषि मेला सम्पन्न भएको छ । बुधबार र बिहिबार बाँफिकोट गाउँपालिकाको वडा नम्वर ४ छिनखेतमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको हो । कृषि मेलामा गाउँपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा भएको गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा विभिन्न ६ वटा विधा अन्तर्गतका कृषि उत्पादनहरु प्रदर्शनी भएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु राखिएको थियो ।

प्रदर्शनीमा २ सय ६८ बालीबस्तुहरुमा कृषकहरुको प्रतिस्पर्धा बताईएको छ । जसमध्ये ६ वटा विधा अन्तर्गतका २६ जना कृषकहरु पुरस्कृत हुनुभएको छ । प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल कृषकहरुलाई आयोजकले क्रमश दुई हजार, एक हजार पाँच सय, एक हजार र ७५० नगद रकम प्रदान गरेको थियो ।

यसका सहभागी किसानहरुलाई बाँफिकोट गाउँपालिकाले जनहि पाँच सयका दरले प्रोत्साहन रकम व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार