सोलुखुम्बुको हिमाल एफएम द्वारा पत्रकार र कर्मचारीको कोरोना विमा

सोलुखुम्बुको हिमाल एफएम द्वारा पत्रकार र कर्मचारीको कोरोना विमा

बैशाख १५ काठमाडौ
सोलुखुम्बु जिल्लामा सञ्चालित हिमाल एफएमले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना बीमा गरेको छ ।

स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा एफएममा कार्यरत पत्रकार र कर्मचारीमा सङ्क्रमणको जोखिम रहेको भन्दै बीमा गरिएको एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिनुभयो ।

एक वर्षे बीमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पीसीआर परीक्षणमा पोजिटिभ देखिए बीमाबापत प्रतिव्यक्ति एक लाख रुपैयाँ भुक्तानी दिइने छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत १६ जना पत्रकारको बीमा गरिएको एफएमका अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।

२४ घण्टा प्रसारणमा रहेको हिमाल एफएमले अग्रभागमा काम गर्दा कर्मचारी तथा पत्रकारको सुरक्षा र जोखिम बहनको उत्तरदायित्व संस्थाले लिएको शेर्पाले बताउनुभयो । बीमा बापतको सबै रकम एफएमले नै भुक्तनी गरेको पनि शेर्पाले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार