कांग्रेस लुम्बिनी प्रदेश दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

कांग्रेस लुम्बिनी प्रदेश दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् । कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चुनेको हो । दलको नेताको लागि अबदुल रज्जाक, वीरबहादुर राना र राजु खनालले दाबी गरेका थिए ।

आइतबार उम्मेदवार मनोनयन गर्ने भनिए पनि सहमतिको लागि आज विहानलाई सारिएको थियो । दलको नेताको लागि अबदुल रज्जाक, चौधरी, वीर बहादुर राना र राजु खनालले दाबी गरेका थिए । दलको नेता चयनको लागि काग्रेस नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुनसहित प्रदेश समितिका पदाधिकारी अहिले देउखुरिमै रहेर आज विहानसम्म लगातार छलफल गरिरहेका थिए ।

दाङ ३ (ख) बाट दोहोरिएका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी बिकास मन्त्री छन् । मन्त्रीभन्दा अघि उनी प्रदेश सभाको लेखा समिति सभापति थिए । चौधरी २०७० को संबिधान सभा सदस्य भएर केही समय राज्यमन्त्री पनि भएका थिए । यसअघि नेकपा (एमाले) ले पनि हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो । आज सोमवार पहिलो प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार