स्वावलम्बि कृषि सहकारी संस्थाको ११ औं साधारणसभा सम्पन्न

स्वावलम्बि कृषि सहकारी संस्थाको ११ औं साधारणसभा सम्पन्न

रुकुमकोट । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वावलम्बि कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष भगवती बिकले सार्वजनिक गर्नुभएको थियो ।

१ हजार दुई सय ५२ जना शेयर सदस्य रहेको सहकारीमा अहिले ७१ लाख १९ हजार ४ सय ७० रुपैयाँ बचत रहेको छ । सहकारीका अध्यक्ष भगवती बिकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सहकारीले एक वर्षमा १ लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खुद नाफा गरेको छ । एक वर्षमा सहकारीले १३ लाख २० हजार ४ सय १२ रुपैयाँको कारोबार गरेको छ ।

तलब खर्च, बार्षिक साधारण सभा खर्च, विद्युत खर्च, तथा सञ्चालक समिति खाजा खर्च लगायतका १२ वटा शिर्षकमा १२ लाख ९५ हजार ३ सय ६७ रुपैयाँ सहकारीले खर्च गरेको छ ।

अब यस अघिको कार्यसमितिको अवधि सकिएको र नयाँ समिति यसै साधारण सभाबाट गठन गरिएको छ । यमुना खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कलु बुढा, सचिवमा तिलसरा खत्री र कोषाध्यक्षमा ज्योती कुमारी खड्का रहनुभएको छ ।

यस्तै कमला जैसिको संयोजक्तमा ३ सदस्यीय लेखापरीक्षण समिति पनि गठन गरिएको सहकारी संस्थाले जनाएको छ । सहकारीका अध्यक्ष भगवती बिकको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । सहकारीका सदस्य दिपा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकारीका सह व्यवस्थापक सुस्मा केसीले गर्नुभएको थियो । अम्मर खत्री

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार