प्रदेशसभा सदस्य तुलसा मल्ललाई पत्रकार महासंघ रुकुमद्धारा सम्मान

प्रदेशसभा सदस्य तुलसा मल्ललाई पत्रकार महासंघ रुकुमद्धारा सम्मान

मुसिकाेट । कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ललाई नेपाल पत्रकार महासंघ रुकुम शाखाले सम्मान तथा बधाई ज्ञापन गरेको छ । नेपाल पत्रकार महासंघ रुकुम शाखाका पुर्व जिल्ला कार्यसमिति समेत रहनुभएको मल्ललाई आज महासंघले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सांसद हुनु भन्दा पहिला जिल्लाको पत्रकारीता क्षेत्रमा मल्लले पुर्याउनुभएको विभिन्न योगदानको कदर गर्दै उहाँलाई कदरपत्र मार्फत सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले खादा र सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

कदरपत्र ग्रहण गर्दै प्रदेशसभा सदस्य मल्लले जिल्लाको हितको लागि आफुले सक्दो काम गर्ने बताउनुभयो । जिल्लाको विभिन्न समस्याहरुलाई प्रदेशसभामा उठाउने र समस्याको समधानको लागि विशेष पहल गर्ने उहाँको भनाई छ । जिल्लाको अन्य समस्याको साथै पत्रकारीताको क्षेत्रमा पनि सकेको सहयोग गर्ने उहाँले बताउनुभयो ।

जिल्लामा रहेका संचार माध्यामले भोग्दै आएका समस्या आफुले जिल्लामा वसेर पत्रकारीता गर्दा अनुभव गरेको बताउदै उहाँले त्यो समस्या समधानको लागि पहल गर्ने पनि प्रतिवद्धता जाहेर गर्नुभएको छ । आफुले जिल्लामा पत्रकारीताको क्षेत्रमा गरेको कामको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेकामा नेपाल पत्रकार  महासंघ रुकुम शाखालाई उहाँले धन्यवाद पनि दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार