भरतपुर कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको बिषयमा छानविन गर्न काँग्रेस चितवनको माग

भरतपुर कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको बिषयमा छानविन गर्न काँग्रेस चितवनको माग

बैशाख १६ काठमाडौ

चितवनको भरतपुर अस्थायी कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको भनिएको सीसी क्यामराको फुटेज सार्वजनिक भएपछि नेपाली काँग्रेस चितवनले सत्यतथ्य छानविनको माग गरेको छ ।

काँग्रेसले घटनाको छानविनका लागि सर्वपक्षीय छानविन समिति गठनको माग गरेको छ । विपतको बेला स्थापना गरिएको अस्पतालमा काम गर्न खटाईएका कर्मचारीले सामान अपचलन गरेको भनिएको घटना गम्भिर रुपमा छानविन गर्न माग गरेको हो ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको थियो । नेपाली काग्रेस चितवनले घटनामा संलग्न देखिएकालाई तत्काल निलम्बन गर्न भनेको छ ।

मंगलवार चितवनका प्रमुख जिल्ला अधिकारीलाई काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले घटनाको छानविन सत्यतथ्य बाहिर आउनु माग गर्दै ज्ञापन पत्र बुझाउनु भएको छ । कोरोना अस्थायी अस्पतालका कर्मचारीबाटै विभिन्न सामग्री चोरी भएको भनिएको सीसी क्यामराले खिचेको फुटेज सोमबार साँझ बाहिरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार