रेडियो आफनो एफएमको वार्षिकोत्सव अवसरमा कैदीबन्दीलाई पुस्तक

रेडियो आफनो एफएमको वार्षिकोत्सव अवसरमा कैदीबन्दीलाई पुस्तक

मुसिकोट । रुकुम पश्चिम सदरमुकाम खलंगामा रहेको जिल्ला कारागारका कैदी बन्दीहरुलाई पुस्तक वितरण गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.९० थोप्लो ४ मेगाहर्ज ६ बर्ष पुरा गरि सात बर्षमा प्रदेश गरेको अवसरमा कारागारका कैदीबन्दीलाई पुस्तक वितरण गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीहरुलाई सकारात्मक सोचेको विकास गराउने उदेश्यले सकारात्क आचारण, साहित्यिक लेख, रचना, सकारात्मक कामको वारेमा लेखिएका जीवनी लगाएत प्रसिद्ध लेखकहरु द्धारा लेखिएका ३३ थान पुस्तक प्रदान गरिएको रेडियोका स्टेशन मेनेजर गोपाल रेग्मीले बताउनु भयो ।

मानव विकास तथा सामुदायिक सेवाका रेडियो विभागका संयोजक विजय मानन्धरले रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे मार्फत उक्त पुस्तक कारागारका लागि हस्तान्तरण गर्नुभएको छ । त्यसका साथै कैदीबन्दीहरुको लागि ३ थान अक्समिटर र फलफुल समेत वितरण गरिएको थियो ।

सामुदायिक रेडियोले आफनो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सामुदायको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । विगतका वार्षिक उत्सवहरुको अवसरमा अस्पतालमा भर्ना भएका विरामीहरु लाई फलफूल, न्यानो कपडा तथा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री ह्वीलचियर समेत विरण गरेको थियो ।

वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदसस्य मेगराज खडका, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमराज पुन लगाएत विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार