अनधिकृत संरचना भत्काउँदै

अनधिकृत संरचना भत्काउँदै

सल्यान शारदा नगरपालिका- १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू शारदा नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ ।

आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको हो ।

अस्थायी बसपार्क वरिपरि ३५ रोपनी ऐलानी जग्गा अतिक्रमण गरी स्थानीय तथा आसपासका व्यक्तिहरू ८५ घरटहरा निर्माण गरी झन्डै तीन दशकदेखि बसोबास र ब्यापार व्यावसाय गर्दै आएका छन् । तिनै घरटहरा हटाउन शारदा नगरपालिकाले एक स्काभेटर र दुई डोजर प्रयोग गरेको हो ।

घरटहरा हटाउन केहीले नमानेपछि उनीहरूलाई नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले तीन दिनभित्र खाली गरेर हटाउन फेरि अल्टिमेटम दिएका छन् । ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउँदा विवाद हुनसक्ने भन्दै नगरपालिकाले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीका अनुसार आइतबार मात्रै दुई दर्जनभन्दा बढी घरटहरा भत्काइएको र बाँकी घरटहरा पनि डोजर लगाई भत्काउने काम भरहेको छ । कतिपय स्थानीयले भने आफैंले घरटहरा भत्काएर घरका सामग्री लिएर अन्यत्र गएका छन्।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार