मुसिकोट नगरपालिका भित्रका विद्यालयको अनुगमन सुरु

मुसिकोट नगरपालिका भित्रका विद्यालयको अनुगमन सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट  नगरपालिकाले  विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी लिन विद्यालय अनुगमन सुरु गरेको छ ।

नगरपालिकाले वृहत् शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयमै पुगेर विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाको बारेमा जानकारी लिन सोमबार देखि विद्यालय अनुगमनको काम सुरु भएको सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा विद्यालयमा देखिएका समस्या, अभिभावक र विद्यार्थीका कुरा, शिक्षकका समस्या र अनुभवको बारेमा जानकारी लिइएको छ । त्यस्तै विद्यालयको भौतिक अवस्था, विद्यालय प्रति अभिभावकको भुमिका लगायत विषयमा पनि विद्यालयमै पुगेर छलफल हुने गरेको छ ।

सोमबार नगरपालिकाको वडा नम्वर ८ को सरस्वति आधारभूत विद्यालय तिरसिङ, शाइकुमारी प्राथामिक विद्यालय  क्वाम्मा र वडा नम्वर ७ को सुर्यदय आधारभूत विद्यालय ग्वाम्माखोलाको विद्यालयको अनुगमन गरिएको हो ।

विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको र नगरपालिकाका सबै विद्यालयहरूको अनुगमन पछि विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिने वडा नम्बर ५ का अध्यक्ष एवं नगर शिक्षा समिति सदस्य समिरजंग मल्लले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार