नेकपा भित्र देखिएको विवादले जनता निराश भए : पूर्व सभामुख महरा

नेकपा भित्र देखिएको विवादले जनता निराश भए : पूर्व सभामुख महरा

बैशाख १७ काठमाडौ

पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गर्नुभएको छ ।

महराले बुधवार विज्ञप्ती निकालेर अहिलेको विशम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताउनुभएको हो । ‘हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश बनेका छन् ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गर्नुभएको छ । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको उल्लेख गर्दै उहाँले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश बनेको समेत बताउनुभएको छ ।

नेपालको शान्तिप्रकृया पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका महरालाई राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र समन्वयकारी भूमिका निभाउने नेताको रुपमा चिनिनुहुन्छ । तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीबाट गठन गरिएका सबै वार्ता टोलिमा महरा समावेश हुनुहुन्थ्यो । नेपालको १० वर्षे जनयुद्धलाई सहमतिकै माध्यमबाट शान्तिप्रकृयामा अवतरण गर्नमा उहाँको भूमिका महत्वपूर्ण मानिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार