गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउपालिकाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकको पहुँचमा नरहेका लाभग्राहीलाई मध्यनजर गर्दै सनराइज बैंक लिमिटेड सानीभेरी शाखालाई वडा कार्यालयमै लिएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

साीभेरी गाउँपालिकाका ७ वटा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र बाकी ४ ओटा वडा बैंक नजिक रहेकाले बैंकबाटै वितरण गरिने एम।आई।एस। अपरेटर तथा पञ्जिकरण शाखा प्रमुख नारायण ओलीले जानकारी दिनुभयो ।

यस्तै वडानम्बर १, २, ४, ५, ६, १० र ११ मा वडाबाटै भत्ता बितरण गरिने र वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडा बैंक नजिकै भएकाले बैंकबाट बितरण गरिने बताइएको छ । अब सामाजिक सुरक्षा भत्ता बाड्न १ र २ नम्बर वडा बाकी रहेको र त्यहाँ पनि यही १५ र १६ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जिकरण शाखा प्रमुख ओलीले जानकारी दिनुभयो ।

बृद्ध बृद्धाहरुलाई बैंक सम्म आउन जान झन्जट भएको गुणासो सम्बोधन गर्न बैंकका प्रतिनिधिलाई नै वडामा लिएर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार गाउँमै भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार