जनयुद्ध दिवसको दिन मौराखारा गुरिल्ला म्याराथुन

जनयुद्ध दिवसको दिन मौराखारा गुरिल्ला म्याराथुन

फाइल फाेटाे ।

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सञ्चालन गर्दै  आएको मौराखारा गुरिल्ला म्याराथन यो वर्ष पनि सञ्चालन हुने भएको छ । गाउँपालिकाले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवस पारेर गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको छ ।

गत वर्ष कोभिड–१९ का कारण म्याराथन हुन सकेको थिएन् । पाँचौ संस्करणका रुपमा सञ्चालन हुने लागेको म्याराथन प्रतियोगिता सानीभेरी गाउँपालिकाको आयोजना र युवा खेलकुद विकास समिति सानीभेरीको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।

४६ किलोमिटर दुरि रहेको पुरुष म्याराथनको विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । दोस्रोले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले  ४५ हजार र चौंथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थानसम्म हाँसिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।

त्यस्तै २१ किलोमिटर दुरिमा संचालन हुने महिला गुरिल्ला म्याराथनको विजेता पुरस्कार नगद ६० हजार तोकिएको छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार प्रदान गरिने छ ।

गाउँपालिकाले तत्कालीन माओवादी लडाकूहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ । मौराखारा तत्कालीन माओवादीले लडाकू उत्पादन गर्न प्रयोग गरेको ठाउँ हो । गाउँपालिकाले यही ठाउँको नामबाट म्याराथनको नामाकरण गरेको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार