प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

धनुषाबाट ६ जना थुनुवा फरार भएका छन्।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेको प्रहरीले जनाएको छ।

गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।

उनकाअनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।

‘सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएछन्। उसैले हल्ला गरेपछि प्रहरीले थाहा पायो,’ डिएसपी क्षेत्रीले भने।

उनकाअनुसार फरार थुनुवाहरुको खोजी जारी छ।

जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले भागेकाहरूको खोजी गरिरहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार