राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकेको छ। फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन गर्ने र चैत ३ गते शुक्रबार उपराष्ट्रपति निर्वाचन गर्ने आयोगले निर्णय गरेको हो।

आयोगका एक आयुक्तले दिएको जानकारीअनुसार आजै निर्वाचन तालिका प्रकाशित हुनेछ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मितिबारे नेपाल सरकारलाई सोमबार नै जानकारी दिनेसमेत तयारी गरेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी सरकारलाई दिने व्यवस्था छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्।

संविधानमा भएको व्यवस्था र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका व्यवस्था आपसमा बाझिएको भन्दै मिति तोक्न ढिलाइ भइरहेको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ अघि नै राष्ट्रपति निर्वाचन गरिनुपर्ने माग राखेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार