मुसिकोटमा खरको छाना हटाएर जस्तापाता लगाइँदै

मुसिकोटमा खरको छाना हटाएर जस्तापाता लगाइँदै

फाईल फोटो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा १ सय ६१ घरधुरीमा जस्ताको छाना हाल्ने भएको छ । खरका छाना बिस्थापित गरेर नगरपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रम अन्तरगत जस्ताको छाता हाल्ने भएको हो ।

नगर कार्यापालिकाको बैठकले एउटा वडामा १० वटा घरमा जस्ताको छाना हाल्ने निर्णय गरेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा १० वटा घरमा जस्ताको छाना हालिने र बाँकी २१ वटा घरमा जनसंख्या र प्राथमिकताको आधारमा जस्ताछाना राखिने भएको छ ।

मुसिकोट नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तरगत ८९ लाख बजेट प्राप्त भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा घरको लागि ५५ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

वडाबाट छनोट भएर आएका घरधनीलाई रकम हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार