डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था द्धारा पेन्सन सुविधि

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था द्धारा पेन्सन सुविधि

मुसिकोट । रुकुम पश्चिमको सबै भन्दा पुरानो सहकारी संस्था डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन सुविधा वितरण गरेको छ । शनिवार खंलगामा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रमको अवसरमा सहकारी संस्थामा आवद्ध महिला केन्द्रका सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरिएको हो ।

अर्धवार्षिक गोष्ठीको अवसरमा संस्थाले आर्थिक बर्ष २०७९/०८० को साउन १ गते देखि पुस मसान्तसम्म गरेको आर्थिक कारोवार, १५ वर्ष अवधि पुगेका २ वटा महिला केन्द्रका सदस्यहलाई शिक्षा तथा पेन्सन बचत योजना सुविधा अन्तरर्गको रकम हस्तान्तरण गरिएको छ ।

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाका ६५ वटा केन्द्र रहेकोमा २ वटा केन्द्रमा सदस्यहरुको सयम अवधि पुगेकाले पेन्सन सुविधा वितरण गरिएको संस्थाका  प्रबन्धक यज्ञबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार शिवशक्ति महिला केन्द्रका १७ र कालिका शाईकुमारी महिला केन्द्रका १३ गरी ३० जना सहकारी संस्थामा आवद्ध सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरेको हो ।

पेन्सन सुविधा वाफत २३ लाख ९३ हजार ८० रुपैया दुई वटा महिला केन्द्रमा आवद्ध ३० जना सदस्यहरुलाई संस्थाका कोषाध्यक्ष मोहविर खड्काले चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७९/०८० साउन देखि पुस मसान्त सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको हालसम्मको पुँजी तथा दायित्व २५ करोड ६८ लाख ३७ हजार ९ सय ५४ रुपैया रहको जनाइएको छ । यस्तै आम्दानी १ करोड ४६ लाख ७ हजार २ सय ७५ रुपैयाँ रहको छ ।

संस्थामा ९२ लाख ७४ हजार ९ सय ९६ रुपैया खर्च हुँदा ५४ लाख ३२ हजार २ सय ७९ रुपैया शुद्ध मुनाफा रहेको संस्थाका  प्रबन्धक विष्टले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मोहविर खड्का, लेखा समिति अध्यक्ष लक्ष्मण कुमार शर्मा, लालबहादुर केसी, सञ्चालक समिति सदस्य नवराज पाण्डे, यज्ञबहादुर केसी उपसमिति सदस्य दिनेश खड्का, शरिता ओली विष्टको आथित्यता रहेको थियो ।

यस्तै सहरकारी संस्थाका सेवा केन्द्रका प्रमुख, ३५ वटा लघुवित्त केन्द्रका प्रमुख उपप्रमुख र सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष मनिशा रोकायले स्वागत मन्तवय राखेको कार्यकमको सञ्चालन संस्थाका प्रबन्धक यज्ञ विष्टले गर्नुभएको थियो ।

२०६३ सालमा स्थापना भएको संस्थाले २०६४ साल देखि लघुवित्त कायक्रम सञ्चालन गरेको थियो । यस डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थामा ४ हजार ९ सय ६३ जना सदस्य आवद्ध रहेका छन ।

संस्थाले हाल केन्द्रिय कार्यालय खलंगा, सेवा केन्द्र कार्यालय रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीबाट सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार