मुसिकोटमा हाते ट्याक्टर मर्मत तालिम सुरु

मुसिकोटमा हाते ट्याक्टर मर्मत तालिम सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका १० जना कृषकहरुको लागि हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम सुरु गरिएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सहयोगमा नगरपालिकाको वडा नम्बर २, ३, १२, १३ र १४ का १० जना कृषकलाई हाते ट्याक्टर मर्मत तालिम दिन सुरु गरिएको छ । तालिम नगरपालिकाको वडा नम्वर १३ छिवाङमा संचालन भैरहेको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सह लेखापाल मुकुन्द केसीका अनुसार तालिममा सहभागि कृषकहरुलाई १५ दिन सम्म हाते ट्याक्टर मर्मत गर्न सिकाइने छ । तालिममा सहभागि किसानले तालिम पश्चात वडामा अन्य किसानहरुका हाते ट्याक्टर विग्रिएमा मर्मत गर्ने छन ।

पछिल्लो समय हाते ट्क्याटरमा किसानहरुको आर्कषण बढ्दै गएको छ । पछिल्लो समयमा अधिकासं किसानहरुले हाते ट्याक्टरको प्रयोग गरिरहेको र विग्रे पछि मर्मत गर्न नसकेको गुनासो गरेपछि किसानहरुलाई हाते ट्याक्टर मर्मतको तालिम दिन थालिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार