आठविसकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आठविसकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

मंगलबार रनिङ शिल्ड प्रतियोगिताको कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभयो छ ।

वडा नम्बर ९ स्थित कालिका मावि सुन्दरपानीको खेल मैदानमा जारी प्रतियोगितामा १८ विद्यालयहरुको सहभागिता रहेको छ। फागुन २ गतेदेखि ४ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ।

उदघाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार