मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ देउता खोलामा १ महिने अल्लो प्रशोधन तालिम सुरु भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजना तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख मोहन कुमार केसीले जानकारी दिनुभयो ।
आजबाट सुरु भएको तालिम आगामी चैत २ गतेसम्म चल्ने छ । तालिममा वडाका २० जना महिला सहभागी रहेका छन् । तालिममा सहभागी महिलालाई अल्लो पकाउने, धागो बुन्ने लगाएतका सीप सिकाइने कार्यालय प्रमुख केसीले बताउनु भयो ।