सानीभेरीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सानीभेरीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

आजबाट गाउँपालिकाको वडा नम्बर ३, को बेल्टापु रंगशालामा प्रतियोगिता सुरु भएको हो । रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिती रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विकले उद्घाटन गर्नुभयो छ ।

रनिङ शिल्डमा गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको रनिङ शिल्ड यहि फागुन ६ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा छोटो तथा लामो दुरी (२ सय मिटर देखि ३ हजार मिटर सम्मको ) दौड प्रतियोगिता,  भलिबल प्रतियोगिता, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट र हाईजम्प लगायतका विभिन्न ७ विधाका प्रतियोगिताहरु सञ्चालन हुने सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्टले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुन, सामाजिक विकास कार्यालय प्रमुख धञ्नजय आचार्य, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

भुपालसिं विष्टको सन्चालनमा रहेको उक्त शिल्ड उद्घाटनमा स्वागत मन्तव्य सामाजिक विकास संयोजक शेरबहादुर खड्काले राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार