रिम्ना-तल्लुबगर सडक स्तरोन्नति हुँदै

रिम्ना-तल्लुबगर सडक स्तरोन्नति हुँदै

मुसिकोट । भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा पर्ने रुकुम पश्चिमको रिम्ना देखि तल्लुुबगर सडक स्तरोन्नतिको काम तीब्र गतिमा चलिरहेको छ ।
आगामी तीन वर्ष भित्रमा जाजरकोट देखि रिम्ना, चिसापानी हुँदै तल्लु बगर सम्मको सडक कालोपत्रेका लागि हाल स्तरोन्नतिको काम जारी रहेको छ ।
सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर आशुतोष कर्णका अनुसार २०७९ भदौ दोस्रो सातादेखि सडक स्तरोन्नति काम चलिरहेको छ । जाजरकोट देखि रिम्ना सम्मको १६ किलोमीटर र रिम्ना देखि तल्लु बगर सम्मको ४० किलोमीटर सडक कालोपत्रेका लागि पहिलो प्राथमिकतामा राखेर काम भैरहेको छ ।
सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार रिम्ना देखि तल्लु सम्मको सडक स्तरोन्नति तथा कालोपत्रका लागि १ अर्ब ९ करोड बजेट खर्च हुने बताइएको छ ।
३६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै रिम्ना –तल्लु सम्माको कामसमेत सुरु भएको छ। श्रेष्ठ कन्टक्सनको ठेक्का लिएको रिम्नादेखि जाजरकोट तल्लु सम्मको सडकमा श्रेष्ठबाट यती बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको छ ।
यस्तै भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिव्रिज पुलहरु निर्माण कार्य पूरा भएर सवारी साधनहरु आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका इन्जिनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार