पुथा उत्तरगंगामा चौंथो राष्ट्रपति रनिङ शिल्ड सुरु

पुथा उत्तरगंगामा चौंथो राष्ट्रपति रनिङ शिल्ड सुरु

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको देउराली मावि हुकाममा उक्त प्रतियोगिता सुरु भएको हो । शिल्डको लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले उद्घाटन गर्नुभएको छ ।

रनिङ शिल्डमा गाउँपालिकाका ७ वटा विद्यालयको सहभागिता रहेको रनिङ शिल्ड यहि फागुन ८ गते सम्म सञ्चालन हुने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु सारिका पुन, दिलुकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती र उपाध्यक्ष भुपेन्द्रा बुढाको विशेष आतिथ्यता रहेको थियो ।

देउराली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दयाराज पुनले गर्नुभएको थियो । शिल्ड उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका सामाजिक विकास समिति संयोजक टीकासाई घर्तीले राख्नुभएको थियो ।

यस्तै उद्घाटन कार्यक्रममा पुथा उत्तरगंगा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले तयार पारेको पिटी प्राथना गितमा पुथा हिमालय माविका विद्यार्थीले पिटी प्रदर्शन गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार