भारतले थप्यो दुई हप्ता लकडाउन

भारतले थप्यो दुई हप्ता लकडाउन

बैशाख १९ काठमाडौ
भारतले कोरोना भाइरस (कोभिड–१९)  नियन्त्रणको लागि लगाएको लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण विश्‍वभर महामारीको रुपमा फैलिएको अवस्थामा भारतले दुई हप्ता लकडाउन थपेको हो ।

 

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

लकडाउन अब जेठ ४ गतेसम्‍म जारी रहनेछ भने अत्‍यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार