भूमेमा चौंथो राष्ट्रपति रनिङ शिल्ड सुरु

भूमेमा चौंथो राष्ट्रपति रनिङ शिल्ड सुरु

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज शिल्डको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभएको छ ।

वडा नम्बर ६ महतको बृहत्त रंगशालामा खेलकुद प्रतियोगिता सुरु भएको छ । शिल्ड प्रतियोगिता फागुन ११ गतेसम्म संचालन हुने गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले जानकारी दिनुभयो ।

भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, लुम्बिनी प्रदेश सभा सदस्यहरु सुरुल पुन मगर, सरिता पुन, दिलकुमारी बुढा, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उप–प्रमुख मोहन केसीको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका पूर्व अध्यक्ष रामसुर बुढा मगर, उपाध्यक्ष सबिना बुढा मगर, जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढा क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, वडा अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक, अभिभावकहरु लगाएतको पनि आतिथ्यता रहेको थियो ।

आयोजक विद्यालय श्री जनजागृति माविका प्रधानाध्यापक गंगा बुढाथोकीको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार