रुकुम पूर्वमा भरुवा बन्दुक बरामद

रुकुम पूर्वमा भरुवा बन्दुक बरामद

रुकुमकोट । प्रहरीले रुकुम पूर्वमा भरुवा बन्दुक बरामद गरेको छ ।  सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ नतुङ खोलाको जंगलबाट ६ नाल भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी नायब उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार जंगलमा लुकाईछिपाई बन्दुक राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजतलास गर्दा उक्त भरुवा बन्दुक बरामद गरिएको हो ।

६ थान बन्दुकमध्ये पाँच वटा चल्ने अवस्थामा र एक वटा नचल्ने अवस्थाका रहेका छन् । जङ्गलमा ती बन्दुक कसले र किन राखेको भन्ने विषयमा नखुलेकाे डीएसपी श्रेष्ठले बताउनुभयो । ती बन्दुक अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे छ भने थप अनुसन्धान भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार