पुथा उत्तरगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुथा हिमालय माविलाई

पुथा उत्तरगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुथा हिमालय माविलाई

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुथा हिमालय माध्यामीक विद्यालय मैकोटले हात पारेको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ फागुन ५ गते देखी ८ गते सम्म वडा नम्बर ५ देउराली मावि हुकामको प्राङ्गणमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

१२ स्वर्ण सहित हिमालय मावि मैकोट पहिलो भएको छ । यस विद्यालयले २०७७ र २०७८ सालमा लगातार दुई वर्ष शिल्डको उपाधि हात पारेको पुुथा उत्तरगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार तीन वर्षको जित पछि मावि मैकोटले शिल्ड हात पर्न सफल भएको हो ।

यस्तै १० स्वर्ण प्राप्त गरेको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ को देउराली मावि हुकाम दोस्रो र ४ स्वर्ण प्राप्त गरी १२ नम्बर वडाको पर्वत मावि कोल तेस्रो भएको आयोजकले जनाएको छ । यसै गरी भलिबल छात्र तर्फ राजेश गुरुङ र छात्रा तर्फ उषा खड्कालाई उत्कृष्टमा छनोट गरिएको छ ।

प्रतियोगितामा गाउँपालिकाका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार