शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा खड्का निर्वाचित

शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा खड्का निर्वाचित

मुसिकोट । नेपाल शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा डम्बर बहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाल शिक्षक संघ रुकुम पश्चिमको को ९ औँ जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा १६ सदस्य नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

संघको उपाध्यक्षमा प्रभा कुमारी थापा ओली, शंकर कुमार रावल चयन हुनुभएको छ । सचिवमा खड्क बहादुर डिसी, सह-सचिवमा मञ्जु केसी, मनजित ओली, शारदा पुन, यज्ञबहादुर ओली र सुधिर कुमार केसी चयन हुुनु भएको हो ।

सदस्यहरुमा बलविर पुन, कृष्ण बहादुर केसी,गणेश खड्का, प्रेम बहादुर कुसारी, मान बहादुर ओली र आशाराम केसी चयन हुनुभएको जनाइएको छ ।

यस्तै अधिवेशनबाट प्रदेश प्रतिनिधिमा जय कुमारी ओली, आशिराम ओली, बिमला गौतम, मान बहादुर चन्द र दामोदर शर्मा चयन हुनुभएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।

संघको केन्द्रिय प्रतिनिधिमा शारदा आचार्य, तारा चन्द, खिमबहादुर खड्का र ठकेन्द्र प्रसाद आयार्य चयन हुनुभएको हो ।

आईतबार बालमन्दिर हलमा अधिवेशनको नेपाल शिक्षक संघका केन्द्रीय सदस्य धिरेन्द्र शाहले उद्घाटन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार