रुपन्देहीका कोरोना संक्रमण युवा वैशाख ५ मा दिल्लीबाट आएका थिए

उजेली न्यूज
प्रकाशित मिति :

रुपन्देहीका कोरोना संक्रमण युवा वैशाख ५ मा दिल्लीबाट आएका थिए

बैशाख १९ काठमाडौ
रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थय शाखा प्रमुख उमाशंकर चौधरीले बताउनु भयो ।

दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थय अवस्था सामान्य छ ।

अहिले उनलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले जानकारी दिनुभएको छ ।

यस्तै आजै बाँकेको नेपालगञ्जमा एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्यमा ५९ पुगेको छ। संक्रमित ५९ मध्ये  १६ जना भने निको भएर घर फर्किसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार