भूमे र सिस्ने गाउँपालिकामा टोल शिक्षा कक्षा सञ्चालन

भूमे र सिस्ने गाउँपालिकामा टोल शिक्षा कक्षा सञ्चालन

रुकुमकोट । रुकुम पूर्वका दुईवटा स्थानीय तहमा टोल शिक्षा कक्षा सञ्चालन हुने भएको छ । जिल्लाको सिस्ने र भुमे गाउँपालिका अन्र्तगतका बिद्यालयहरुमा संचालन भइरहेका टोल शिक्षा कक्षा यही शैक्षिक सत्रको अन्त्य सम्म संचालन हुने भएको छ ।

दुई पालिकामा भएको टोल शिक्षा सहजकर्ताहरुको समिक्षा कार्यक्रममा प्रतिबद्धता सहजकर्ताहरुबाट ब्यक्त गरिएको हो । बिगत एक बर्ष देखी दुुई पालिकाहरुमा संचालन भइरहेको टोल शिक्षा कक्षाले बिद्यार्थीहरुमा पारेको प्रभाब बारे समिक्षा कार्यक्रममा छलफल गरिएको थियो ।

सिस्ने गाउँपालिकाका युवा खेलकुद तथा शिक्षा प्रमुख मंगल सिंह बुढाको प्रमुख आतिथ्यमा रुकुमकोटमा फागुन ५ गते उक्त समिक्षा कार्यक्रम संचालन भएको थियो ।

त्यसैगरी भूमे गाउँपालिकाका युवा खेलकुुद तथा शिक्षा प्रमुख कौशल कुमार तिवारीको प्रमुख आतिथ्यमा खावाङबगरमा फागुन ६ गते उक्त समिक्षा कार्यक्रमहरु संचालन भएका थिए । सिस्ने र भूमे गाउँपालिकाको समन्वय, युएसआइडी/युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरण मा बिगत एक वर्षदेखी उक्त पालिकाहरुमा कोभिड-१९ को लागी शिक्षा प्रतिकार्य कार्यक्रम संचालन गर्दै आएको छ ।

समिक्षा कार्यक्रममा परियोजनाले उपलब्ध गराएका ट्याबलेट लगायत अन्य शैक्षिक तथा सरसफाईका सामाग्रीहरुको प्रयोग र त्यसले पारेको प्रभाव बारे छलफल गरिएको थियो ।

समिक्षा कार्यक्रममा प्रत्येक बिद्यालयका सहजकर्ताहरुले आ–आफ्नो बिद्यालय को रिर्पाटिङ गरेका थिए । उक्त परियोजना फेबु्रवरी अन्तिम सम्म संचालन हुने भएता पनि टोल शिक्षा कक्षा भने परियोजनाको सहयोग बिना पनि यही शैक्षिक सत्र भरी संचालन गर्ने सहजकर्ताहरुले प्रतिबद्धता गरेका थिए ।

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार