कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२१८ पुग्यो

उजेली न्यूज
प्रकाशित मिति :

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२१८ पुग्यो

वैशाख २० काठमाडौं
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १८ पुगेको छ ।

साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार ३३६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार