रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नयाँ सहमति अनुसार कांग्रेस/माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

२०१८ साल देखि नै कांग्रेसको राजनीतिमा लागेका पौडेल नेपाली कांग्रेसको महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म भएका छन् । सरकारमा पनि उनले उपप्रधानमन्त्रीसहित, गृह, कृषिसहितका मन्त्रालय सम्हालको छन् । भने २०५१ सालमा मध्यावधिबाट आएको संसदमा उनले सभामुखको भूमिका पनि सम्हालिसकेका छन् ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार