एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उमेदवार बनाउने

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उमेदवार बनाउने

नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार