मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा टोपाराम

मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा टोपाराम

मुसिकोट । मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । आईतबार सम्पन्न साधारण तथा अधिबेशनबाट सर्वसम्मत टोपाराम नेपालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा निर्मल केसी, सचिवमा महेन्द्र राज गौतम, कोषाध्यक्षमा कर्णबहादुर ओली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सुरसा गौतम, लक्ष्मी केसी, भारसी बुढा, दुर्गे खड्का र दिपेन्द्र पुन सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार साधारण सभा तथा अधिबेशन मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार