रुकुम पश्चिममा चार नाल बन्दुक भेटियो

रुकुम पश्चिममा चार नाल बन्दुक भेटियो

मुसिकोट । प्रहरीले रुकुम पश्चिममा भरुवा बन्दुक फेला पारेको छ ।

आईतबार राती जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजीव श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मुसीकोट नगरपालिका –८ घोरखानी किटेनी जङगलबाट चार थान बन्दुक फेला बरामद गरेको हो।

भरुवा बन्दुक स्थानीयले सिकार खेल्नको लागि जङगलको ओढारमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्राप्त गोप्य सूचनाको आधारमा ओढारमा सोत्तरले छोपेर लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार