चौरजहारीमा अवैध काठ बरामद

चौरजहारीमा अवैध काठ बरामद

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा काठको तस्करी बढिरहेको छ । शनिबार पनि चौरजहारीमा अवैध काठ बरामद गरिएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित कालिका सामुदायिक वनबाट अवैध रुपमा सल्यान तर्फ लैजादै गरेको काठ प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर र चालक सहित विभिन्न साइजको १५ गोलिया सालको काठ बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय चौरजहारी बाट खटिएको प्रहरी टोलीले ३८.५५ क्युफिट काठ बरामद, भे १ त १४६१ नम्बरको ट्याक्टर र चालकललाई नियन्त्ररणमा लिएर सव डिभिजन वन कार्यालय चौरजहारीमा बुझाएको छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार