मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडामै स्वास्थ्य सेवा दिने उदे्श्यले आईतबार वडा कार्यालयको आयोजना र आँखा उपचार केन्द्र सल्लेको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट ३२५ जनाले सेवा लिएका छन् ।
जसमा २०७ जना महिला र १ सय १८ जना पुरुषले सेवा लिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार २५२ जनाको निशुल्क आँखा जाँच गरिएको छ ।
यस्तै ५६ जनालाई वडा कार्यालयबाट निःशुल्क चस्मा उपलब्ध गराइएको छ । शिविरबाट ४७ जनाले दन्त सेवा लिएका छन ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा.केहलविक्रक जिसी, डा.सुशील शाह, डा.मिलन कोइराला, आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसी, सिनियर अहेव इश्वर रावल, सिनियर अनमी मंगला रोका, मुसिकोट नगर स्वास्थ शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बेदाराम ओली र मालिका मावि चुनमा कार्यरत विद्यालय नर्स मालिका बोहराको टोली खटिएको थियो ।
